Categories समाचार

बिरगंजमा एमसिसि विरुद्ध जुलुस

Advertisement

बिरगंज। नेकपा ( एकीकृत समाजवादी ) निकट युवा संघले आज बिरगंजमा एमसिसि विरुद्ध जुलुस निकालेको छ। एमसिसि रास्ट्रघाती सम्झौता भएको बताउदै युवाहरुको समुहले बिरगंजमा प्रदर्सन गरेको छ।

बिरगंज स्थित रहेको जिल्ला प्रहरी कार्यलय पर्सा नजिकबाट निस्केको जुलुस घण्टाघर पुगेर समाप्त भएको हो। युवा संघ पर्साका अध्यक्ष उमेश ठाकुरको नेतृत्वमा भएको प्रदर्सनमा बिरगंजका युवाहरु सहित नेकपा(एस)का पार्टी नेताहरु समेतको सहभागीता रहेको थियो।

Advertisement

घन्टाघर आएको जुलुसले कोण सभा गरेर कार्यक्रम समापन गरेको हो। कोण सभालाइ युवा संघका इन्चार्ज अनिल पटेल र जिल्ला अध्यक्ष उमेश ठाकुरले सम्बोधन गरेका थिए। एमसिसि रास्ट्रघाती बताउदै युवा संघ पर्साले यसलाइ कुनै हालतमा पारित गर्न नहुने बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *