Categories समाचार

प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसर

Advertisement

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन रु” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

Advertisement

चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन हो भन्नुुहुन्छ । उहाँका अनुसार आफूले मन पराएका व्यक्ति पनि यही दिनको प्रतीक्षामा हुन्छ । सामान्य दिनभन्दा पनि भ्यालेन्टाइन डेमा अलि सचेत हुने भएकाले यस दिनमा माया साटासाट गर्न सजिलो हुन्छ । उहाँले आफूले माया गर्ने व्यक्तिलाई कति धेरै माया गर्छु भनेर ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै पाइने धारणा व्यक्त गर्नुभयो ।

Advertisement

नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहितका लागि पनि प्रेम सम्बन्ध अरू प्रगाढ बनाउने दिन पनि यसलाई मानिन्छ । त्यसैले भर्खर विवाह बन्धनमा बाँधिनुभएका बालाजुका सञ्जय कार्कीलाई फेब्रुअरी ७ देखि नै फुर्सद छैन ।

“भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा रोज डे भनेर रातो गुलाफ दिएँ”, उहाँले भन्नुभयो, “दोस्रो दिनमा प्रपोज डे, तेस्रो, चौथो, पाँचाँै, छैठौँ, क्रमशः चकलेट डे, टेडी डे, प्रमिस डेमा विभिन्न उपहार दिएर मेरी प्रेमिका अर्थात् श्रीमतीलाई खुुसी बनाउँदैछु । ” भ्यालेन्टाइन डेमा चाहिँ नगरकोट जाने योजना रहेको उहाँले बताउनुभयो । कार्कीले थप्नुभयो, “यति नगरे श्रीमती रिसाउँछिन् । पश्चिमी संस्कृति भए पनि खुसीका लागि मान्नै परेको छ । ”

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *