Categories समाचार

पर्सामा लागु औषध सहित १ जना पक्राउ

Advertisement


वीरगन्ज । लागु औषध सहित ३० वर्षिय मोक्तान पक्राउ  परेका छन ।

आज (मंगलबार ) अंन्दाजी ०८:१५ बजे  प्रहरी चौकी रंगपुरबाट खटिएको नियमित चेकिङ्ग टोलीले मोक्तानलाई पक्राउ गरेको हो।

Advertisement

जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं. २ रंगपुर बजारमा मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश नं.२-०३-००७ प ६९९० नंम्बरको कालो रातो रंगको २२० CC को पल्सर मोटरसाइकललाई रोकी जाँच गर्दा पक्राउ गरिएको हो ।

Advertisement

उक्त नम्बरको मोटरसाइकलमा पछाडि सवार जिल्ला मकवानपुर राक्सीराङ गा.पा.वडा नं.४ बस्ने वर्ष ३० को सुजन मोक्तानले भिरेको कालो ब्यागभित्र सेतो प्लाष्टिकको झोलामा लागु औषध अफिम जस्तो देखिने लेदो पदार्थ ९ के.जी.३०० ग्राम फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई उक्त नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

साथै; प्रदेश नं.२-०३-००७ प ६९९० नंम्बरको कालो रातो रंगको 220 CC को पल्सर मोटरसाइकल चालक छाडी भागी फरार रहेकोमा चालकको पहिचान भैसकेको हुँदा खोजतलास कार्य भइरहेको समेत जानएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *