Categories समाचार समाज

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने प्रहरीको फन्दामा

Advertisement

बीरगञ्ज । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय, बढनिहार पर्सामा २०७४ पौषदेखि विभिन्न मिति र समयमा संस्थाको रकम हिनामिना गरेको भन्दै ७ जनालाई प्रहरीले पक्राउ गरेकोमा जिल्ला सरकारी वकिल कार्यालय, पर्साबाट मुद्दा नचल्ने निर्णय भई छुटेको ३ जना पछि हाल ४ जना माथि कारबाही गरिएको छ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जबाट पुर्पक्ष र धरौटी कारबाही भएका सोही संस्थाको शाखा प्रबन्धक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का  ४१ वर्षिय भोजेन्द्र ठाकुर लोहार, संस्थाको कर्मचारी ,  जिल्ला पर्सा, पर्सागढी नगरपालिका वडा नं. ७ का २४ वर्षिय गेनालाल पटेल , जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं.२७ का २६ वर्षिय प्रदीप कुमार पटेल र २४ वर्षिय शेषनाथ कुशवाहा रहेका छन ।

Advertisement

२०७८।०८।२४ गते जिल्ला काभ्रे धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट जाहेरी दरखास्त परेपछि घटना बाहिर आएको थियो  ।

Advertisement

जाहेरी दरखास्त अनुसार संस्थाको बढनिहार शाखामा मिति २०७४।०९।२० गतेदेखि शाखा प्रबन्धकमा कार्यरत भोजेन्द्र ठाकुर लोहारले अन्य कर्मचारीहरूको सहयोग लिई विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारीबिना निजहरूको नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत गरी आफैँले निकाली जम्मा रू. ५,३४,५५,४७९।०३ (पाँच करोड चौँतीस लाख पचपन्न हजार चार सय उनासी रूपैयाँ तीन पैसा) हिनामिना गरेको भनी उल्लेख गरिएको प्रहरीले जनाएको छ।

२०७८।०८।२४ गते निज भोजेन्द्र ठाकुर लोहारलाई र तत्पश्चात् विभिन्न मितिमा अन्य ६ जना व्यक्ति पक्राउ गरी अनुसन्धान हुँदा निज भोजेन्द्रले माथि उल्लेखित अन्य ३ जना कर्मचारीहरूसमेतको मिलेमतोमा नक्कली ऋणी खडा गरी कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी प्रवाह गरेको ऋण रकम, १५ जना वचतकर्ताको वचत रकम र कर्जाको ब्याजबापतको रकम समेत गरी जम्मा रू.५,५७,४२,२७४।–(पाँच करोड सन्ताउन्न लाख बयालीस हजार दुई सय चौरहत्तर) हिनामिना गरी संस्थालाई हानिनोक्सानी पुर्‍याएको खुल्न आएको छ ।

अनुसन्धानपश्चात् मानिस र मिसिल जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा पेश हुँदा २०७८।१०।२६ गतेको उक्त कार्यालयको निर्णयले ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएपछि छोडिएको हो ।

अन्य ४ जना (माथि उल्लेखित) बिरूद्धको अभियोगपत्र उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जमा पेश हुँदा मिति २०७८।११।०२ गतेको आदेश अनुसार निज भोजेन्द्र ठाकुर लोहार पुर्पक्षको लागि कारागार गएको, अन्य तीन जनालाई जनही १-१ करोड धरौटी तोकिएकोमा निजहरूले धरौटी बुझाउन नसकेकोले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *