Categories समाचार

देशभर शान्ति सुरक्षा कायम गर्न गृहमन्त्रालयको निर्देशन

Advertisement

काठमाडौं । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।

Advertisement

विभिन्न ६ वटा राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएकोले कानून बमोजिमका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।

Advertisement

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न ६ वटा राजनीतिक दलले फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरितका उल्लेखित गतिविधिहरु हुन नदिने सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *