Categories समाचार

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ ।

Advertisement

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा चोकबाट चोरीको मोटरसाइकल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने सफिक देवानको नाममा दर्ता रहेका प्र.२(०३)०१४प.४५८४ नम्बरको रातो र कालो रङ्ग भएको मोटरसाइकल खोज तलास गर्ने क्रममा सवारी सहित पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २४ वर्षका आकाश प्रसाद चौरसिया, सोही स्थान बस्ने बर्ष १९ का निरज पासवान र २४ वर्षीय सुनिल यादव रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

Advertisement

पक्राउ परेका तीनै जना माथि चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख  प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *