Categories अर्थ समाचार

नक्कली नेपाली नोट सहित रौतहटका ४ जना काठमाडौंमा पक्राउ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका-९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

Advertisement

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *