वीरगन्ज । वीरगन्जमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
परवानीपुर – वीरगन्ज ६६ केभि प्रसारण लाइनको पूरानो कण्डक्टर फेरबदल गर्नुपर्ने भएकाले भोली र पर्सी फाल्गुन ६ र ७ गते विद्युत् सेवा अवरुद्ध हुने जनाईएको छ ।
दुई दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख प्रशासन प्रमुख कृष्ण प्रसाद पन्तले जानकारी दिए ।







