Categories समाचार

बिरगंज पुनः कपडा बैंक संचालन

Advertisement

बिरगंज । ब्यवस्थित बिरगंज अभियान,ग्रीन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र र वूमेन क्रीयसनको संयुक्त सहभागितामा बिहिबार देखि पुनः कपडा बैंक सन्चालन मा आएको छ ।

बिगत २ वर्ष देखि गरिब र निमुखा एवं मजदुरहरुको लागि निशुल्क कपड़ाको कमि पूरा गर्न सहयोग स्वरुप सन्चालनमा आएको हो । यस कपडा बैंकमा धेरै आवस्यक पर्ने व्यक्तिहरुल लाभ लिएका छन।कोभिड १९ को महामारीको कारण बन्द भएको कपडा बैंकले अब पुनः हप्तामा एक दिन हरेक बिहिवार साझ पाँच बजे देखि बिरगंज महनगरपालिका को आगाडी रहेको कपडा बैंकबाट नयाँ पुरानो कपडा बितरण गरिने ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनु भयो।यस कपडा बैंकबाट गाउँ घर टोलमा बेला बेलामा खुला रुपमा कपड़ा बितरणको कार्य गर्दै आईरहेको छ भने छठ पर्व , दिपावलि , दसै र इद पर्व लगायतको अवसरमा पनि नयाँ एवं न्यानो र गर्मीको बेलाको लागि विशेष कपड़ा पनि बितरण हुने गरेको अध्यक्ष खेतानले बताए।

Advertisement

सबैको साथ सबै हाथ भन्ने नारा अनुसार समुदायका सबै सहयोगी व्यक्तित्वहरुको सहयोगबाट उक्त बैंक सन्चालन हुन सफल भएको पनि जानकारी गराएका थिए ।

Advertisement

अफसाना खातुन,माया मोरे,दिलिप राज कार्की प्रकाश खेतान लगायतको सदस्यहरुको उपस्थितिमाआज करिब ५० जनालाई २०० पिस कपडा बितरण गरिएको अध्यक्ष खेतानले पर्सा पोस्टलाई जानकारी दिनु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *