Categories समाचार समाज

एचआईभी संक्रमित तथा तेश्रो लिंगी समुदायलाई लक्षित गरी वीरगंजमा सम्मान गृहको स्थापना

अन्जु कुमारी
वीरगंज । एचआईभी संक्रमित तथा तेश्रो लिंगी समुदायलाई लक्षित गरी वीरगंजमा सम्मान गृहको स्थापना भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सहयात्री समाजले आफ्नो समुदायका मानिसहरुले थप हिंसा भोग्न नपरोस् भनेर सम्मान गृह स्थापना गरेको जनाएको छ ।

समाज पर्साका संयोजक सुरज लिम्बुको अध्यक्षतामा भएको गृह स्थापना कार्यक्रमको उद्घाटन स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले गरेका थिए ।

Advertisement

अझ पनि समाज तथा राज्यको ,उपेक्षामा परेको तेश्रोलिंगी समाजका व्यक्तीहरुले हिंसामा परेको तथा विरामी परेको अवस्थामा पनि थप पिडा भोग्न नपरोस् भन्ने उद्देश्यले सम्मान गृहको स्थापना गरेको समाजका संयोजक लिम्बुले जानकारी दिँदै सिमित बजेटबाट संचालन गरीएको सम्मान गृहले धेरै हदसम्म तेश्रोलिंगी समुदायका मानिसहरुलाई राहत पुर्याउने बताए ।

Advertisement

अरुले तेश्रोलिंगी समुदायका लागि केही नगरीरहेको अवस्थामा आफैले आफ्नो समुदायको हितमा कार्य गर्ने प्रयास स्वरुप सम्मान गृहको स्थापना गरेको उनले बताए । निमित्त स्वास्थ्य प्रमुख नवल किशोर साहले सरकारले तेश्रोलिंगी समुदायका लागि स्वास्थ्य कार्यालयमा कुनै पनि बजेट नपठाएको बताउँदै स्थानीय तह , प्रदेश सरकार तथा संघ सरकारले यसका लागि बजेट छुट्याउनुपर्ने आवश्यक्ता औल्याए ।

सम्मान गृह हाल पर्साको वीरगंज र जनकपुरधाममा स्थापना भएको तथा आगामी दिनमा प्रदेश भरी स्थापना गरी संचालनमा ल्याउने उद्देश्य रहेको समाजले जनाएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनिधी ,पर्सा , बारा , रौतहट , काठमाडौ लगायतबाट तेश्रोलिंगी समुदायका मानिसहरु र संचारकर्मी लगायतको उपस्थिती रहेको सहयात्री समाजका जटाशंकर साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *