Categories समाचार समाज

सामान्य विवादमा रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मोरङ । फलामको रड प्रहार गरी केराबारी गाउँपालिका-८ बस्ने २६ वर्षीय वाबुराम भट्टराईको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

केराबारी गाउँपालिका-८ हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो परेको ठाउँमा गत माघ ९ गते वाबुराम भट्टराईको शव फेला परेको थियो । अनुसन्धानको क्रममा बावुराम पुस २७ गते राति देखिनै वेपत्ता भएकोमा पुस २८ गते सामान्य विवादको क्रममा कमल लिम्बुले मुक्का तथा फलामको रड प्रयोग गरी हत्या गरेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो । 

Advertisement

उनीउपर मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *