वीरगन्ज । वैदेशिक रोजगारीको क्रममा मलेसिया जेल जिवन बिताई रहेका रौतहटका १ जना युवालाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन गैर आवासीय मधेशी संघ ( NRMA ) ले उद्धार गरेको छ ।
गैर आवासीय मधेशी जनमत सँघ NRMA मलेशियाको पुर्ब अध्यक्ष तथा जनमत पार्टी नेपालको राष्ट्रिय उपाध्यक्ष इ.बसन्त कुसवाहा NRMA को पुर्ब कोशाध्यक्ष तथा मलेशिया सलाहकार M.P.प्रमोद कुमार साह , सहिद परिवार जनमत सँघको केन्द्रिय सह सँयोजक खुश्बु जैसवाल , जनमत पार्टी माधव नारायण नगरपालिका वडा नं ४ को गाउ कमिटी अध्यक्ष राज कुमार साह लगायतो विशेष पहलमा बढ्दो बेरोजगारीका कारण विदेशको खाडी मुलुक मलेशियामा काम गर्न गएको माधव नारायण नगरपालीका वार्ड नं ४ मानपुर निवासी जागदेव मुखियाको छोरा शिव कुमार मुखिया गएको फ्याक्ट्री समयमा पैसा नदिएको ले तथा फ्याक्ट्री राम्रो सँग नचलेकोले लिएर गएको ऋण चुक्ता गर्न गाह्रो भएकोले सो फ्याक्ट्री बाट भागेर अर्को कम्पनीमा काम गरिरहेको बेला पुलिस चेक गर्न आउँदा समातेर करिब ६ महिना पहिला जेलमा हालेको थियो।
मुखिया को घरको आर्थिक अवस्था एक दमै कमजोर रहेको छ । उनी आफ्नो परिवार लाई समस्या मुक्त गर्न गएको थिए तर उनी जेल मा फस्दा परिवारमा भएको सबै व्यक्ति चिन्तामा परे तर त्यो माधव नारायण न. पा -४ जनमत पार्टी गाउँ कमिटी को अध्यक्ष राज कुमार साहले जानकारी पाउनसाथ मुखियाको घर पुगी परिवारलाई जनमत पार्टी ले सकुसल उद्धार गर्छ आश्वासन दिएको थिए।
साहले वाँचा गरेको अनुसार जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेशी जनमत सँघ NRMA मलेशिया सँग कुरा गरी मुखियालाई जनमत पार्टीले आफ्नो खर्चले जेल बाट मुक्त गराई घर सम्मको खर्च बेहोरेको हो।
त्यस्तै जनमत पार्टी को भातृसंगठन गैर आवासीय मधेशी संघ ( NRMA ) अहिले मलेसिया, दुबई, कतार, साउदी, कुवेत, वहराईन लगायत अन्य ५६ वटा देशमा समाज सेवा तथा उद्धार कार्यक्रम हरू गर्दै आइरहेको जनाएको छ ।







