Categories समाचार समाज

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरि रकम ठगी गर्ने पक्राउ

Advertisement

काठमाडौं। नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका-८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा-६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाई विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुल्न आएको थियो । 

Advertisement

अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *