Categories समाचार

राजस्व छलीको आरोपमा ठूलो परिमाणमा बरामद कपडा छुट्टाउन भन्सार प्रमुख र कर्मचारीलाई प्रलोभन

Advertisement

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चोरी पैठारी र राजस्व छलीको आरोपमा रामगढवाबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित जय माँ दुर्गा रोड केरियर्सको गोदामबाट आइतबार अपराह्न ६४ पोका सामान बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement

पर्साको नामुद तस्कर मदन गुप्ता ( रुन्छे मदन ) ले पर्साको विभिन्न खुल्ला सिमा बाट सस्त्रप्रहरिको मिलोमतोमा तस्करी गर्दै आएको र अहिले आफ्नो माल समान छुटाउन भन्सारको प्रमुख र कर्मचारी लाई प्रलोभन दिइरहेको श्राेत ले दाबी गरेको छ ।

Advertisement

यता ‘केरियर्स सञ्चालकले बिलविजक पेस गरेका छन् भन्सार अधिकृत रावलले भने, ‘बिलमात्र भएर हुँदैन । सामान आएको स्रोत हेर्नुपर्‍यो, भन्सार पज्ञापनपत्र हेर्नुपर्‍यो ।’ उनका अनुसार प्रज्ञापनपत्र बनेपछि मात्र हो बिल काट्ने ।

ट्रन्स्पोट संचालक मदन भने आफ्नो गोदाममा रहेका सामानहरु जेनयुन रहेको दाबी गरे । उनले भने ‘सामानको बिलविजक हामीसँग छ ‘गोदामबाट बरामद गरिएका सामान चोरी पैठारीका हैनन्´ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *