Categories समाचार साहित्य

साहित्यिक चौतारीको आठौ वार्षिकोत्सव, कृति विमोचन एवम् रचना वाचन सम्पन्न

Advertisement

वीरगञ्ज । साहित्यकारहरुको संस्था साहित्यिक चौतारी नेपाल नवौँ वर्षमा प्रवेश गरेको छ । आठौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी केन्द्रिय अध्यक्ष गीता भण्डारीको सभापतित्वमा सम्पन्न कृति विमोचन एवम् रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानका लोक तथा साहित्य विद्याका प्रमुख एवम् साहित्यिक चौतारीका बरिष्ठ सल्लाहकार डा. देवी नेपालले साहित्यको विकासका लागि चौतारीले गरेका कामहरु प्रशंसनीय रहेको बताए ।

देशमा मात्रै नभएर विदेशमा पनि शाखा विस्तार गरी साहित्यिक गतिविधिलाई गति मात्रै नदिएर निरन्तरता दिनुले साहित्यिक चौतारीको गरिमा अँझै बढेको डा. नेपालको भनाई छ । नयाँ पुस्तालाई अवसरसँगै प्रशिक्षण दिनेदेखि लिएर पूराना पुस्ताको ज्ञान र अनुभवको आधारमा साहित्यको विकास हुनेमा कुनै आशंका नरहेको नेपालले बताए ।

Advertisement

सर्जकहरुले लेखेका रचनाहरुलाई पठाउन आग्रह गर्दै आफुले विभिन्न पुस्तकहरुमा स्थान दिने दृढता पनि व्यक्त गरे । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवम् बरिष्ठ साहित्यकारडा. गणेश भट्टराईले साहित्यमार्फत परिवर्तनको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । अब बन्दुक नभएर कलम र शब्दको शक्तिलाई सदुपयोग गर्दै समाज परिवर्तनका लागि सृजना लेख्नुपर्ने भट्टराईको भनाई छ । बरिष्ठ साहित्यकार रामदेव पाण्डेले पनि साहित्यतर्फ नयाँ पुस्ताको आकर्षणका कारण साहित्यको भविष्य सुरक्षित रहने विश्वास व्यक्त गरे ।

Advertisement

सो अवसरमा साहित्यिक चौतारी नेपालको प्रकाश चौतारीको चौथो अंक, साहित्यिक चौतारी इजरायल शाखाको भावाक्षर, साहित्यिक चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण र साहित्यिक चौतारी मधेश प्रदेश समितिका अध्यक्ष समिर पाख्रिनको परिणति पुस्तक विमोचन गरिएको थियो ।

झरणा साहित्य परिवार मकवानपुरका अध्यक्ष एवम् हेटौडा क्याम्पसका सहप्राध्यापक दिपक गौतमले साहित्यिक चौतारीको कृतिको समिक्षा गरेका थिए । उनले समिक्षामार्फत उक्त पुस्तकले समावेश गरेका विषयवस्तुको संश्लेषण रुप प्रस्तुत गरेका थिए । त्यसैगरी झरणा साहित्य परिवार मकवानपुरका उपाध्यक्ष एवम् समालोचक विश्वनाथ सञ्जेलले चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण गजल संग्रहको समिक्षा गरेका थिए ।

कार्यक्रममा अतिथि कलाकारको रुपमा पर्वतबाट तारानाथ पराजुलीले कविता बाचन गरेका थिए । यस्तै प्रदेश नम्बर १ बाट श्यामकुमार श्रेष्ठ, मधेश प्रदेशबाट साहित्यिक चौतारी मधेश प्रदेशका सचिव सूर्यनारायण वि.क. (शुभचिन्तक), गण्डकी प्रदेशबाट दुर्गा भुसाल, लुम्बिनी प्रदेशबाट शिरीष बन्जाडेले रचना वाचन गरेका थिए । यस्तै स्थानीय साहित्यकारको रुपमा मोदिउर रहमान, अजमत अली, अनिता साह, महेशचन्द्र गौतम लगायतले रचना वाचन गरेका थिए ।

भोजपुरी साहित्यमा योगदान दिएको भन्दै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार उमाशंकर द्विवेदीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको साहित्यिक चौतारीका सचिव रोशन तिमल्सिनाले जानकारी दिए ।

३७ जना आजिवन सदस्य र आजै थपिएका दिपक गौतम र अप्सरा पुडाँसैनीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । विदेशमा स्थापना भएको पहिलो शाखाको रुपमा इजरायल शाखा, क्रियाशिल शाखाको रुपमा साउदी अरब र सबैभन्दा कम नेपाली भएको ठाउँमा पनि साहित्यिक गतिविधिसँगै सामाजिक काम पनि गरेको भन्दै ग्रिस शाखालाई सम्मान गरिएको थियो । साहित्यिक चौतारीकी कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण साहित्यिक चौतारीका महासचिव रामप्रसाद सुवेदी संगमले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *