Categories समाचार समाज

स्वचछता कर एवम सम्पती कर नतिर्न अधिवक्ता कुर्मीद्वारा सार्बजनिक अपिल ।

Advertisement

बिरगंज । स्वच्छता कर एवम सम्पती कर नतिर्न श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त अभियान पर्साका संयोजक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले सार्वजनिक अपिल गरेका छन ।

बिरगंजको बिच भग बाट बग्ने जडिबुटीयुक्त औषधिय गुण भएको जिवनदायिनी श्रीसिया नदिको बर्तमान अवस्था निकै प्रदुषित एवम दुर्गन्धित मात्र नभई यो विभिन्न खतरनाक रोगहरु लियेर बगि रहेको देख्दा मन निकै भाउक र चिन्ता लाग्दै आएको बताउदै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेशले ०.२५% एवम बिरगंज महानगरपालिकाले घर सम्पती कर अन्तर्गत सरसफाइ कर उठाउदै आएको छ तर सो कर बाट उठेको रकमले न नदि स्वच्छ भएको छ न त बिरगंज नै सफा सुग्घर भएको देखिन्छ जबकी नेपालको संविधानको धारा ३० ले नेपाली जनता लाई स्वच्छ र स्वस्थ्य  बातावरणमा बाच्न पाउने अधिकार को प्रत्याभुती प्रदान गरेको छ ।

Advertisement

यसै क्रममा सरिस्वा नदि एवम बिरगंज प्रदुषण मुक्त अभियानले मिति २०७८-११-२२ गते आइतवार र २३ गते सोमवार २ दिने धर्ना बिरगंज को घण्टाघरमा बिहान १० बजे देखि ५ बजे सम्म १० बुन्दे माग राखि धर्ना प्रदर्शन गर्दै छ । उक्त प्रदर्शन लाई पर्साका विभिन्न राजनितीक दलहरुले पनि समर्थन जनाएका छन ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सचिव राजनारायण मिश्रा एवम राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष सुनेश्वर उपाध्यायले आज शनिवार प्रेष बिज्ञप्ती जारी गर्दै अभियाले उठाएको जायज माग लाई अबिलम्ब पूरा गर्न र धर्नामा सहभागी हुन आआफ्ना नेता कार्यकर्ता हरु लगायत सम्पुर्ण लाई आव्हान गरेका छन ।

धर्ना कार्यक्रममा सम्पुर्ण श्रीसियाप्रेमी , बिरगंज बासी , पत्रकार ,नागरिक समाज, राजनितिक दल, संस्था हरु लगायत युवा बिद्यार्थी हरुलाइ सहभागी हुन संयोजक कुर्मीले आग्रह गरेका छन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *