Categories समाचार

लागु औषध गाँजा सहित दुई भारतीय नियन्त्रणमा ।

Advertisement

ठोरी । पर्सा जिल्लाको ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले दुई जना भारतीय नागरिक सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले भारततर्फ लगिरहेको अवस्थामा लागु औषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

भारतीय नम्बर बि.आर.०६ यु ५८७३ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ । 

Advertisement

भारत जिल्ला पश्चिम चम्पारण सोनखर पंचायत वडा नम्बर १३ रामनगर बस्ने २९ बर्षिय संदिप पटेल र सोही निवासी २५ बर्षिय प्रेम पटेललाई लागु औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको लागु औषध ५ किलोग्राम गाजा सहित भारतीय नम्बरको मोटरसाइकल र व्यक्तिलाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *