Categories समाचार

राष्ट्रिय रक्तदाता दिवसको अवसरमा चियापान तथा छलफल कार्यक्रम, गाउँ गाउँमा रक्तदान अभियान संचालन गरिने

Advertisement

वीरगन्ज । राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज चियापान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको वीर्तामा रहेको फुडकोर्ट क्याफेमा सम्पन्न चियापान कार्यक्रममा सहभागीहरुले आगामी दिनमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न सबैं संघ संस्था तथा व्यक्तिहरुसँग समन्वय गर्न सुझाव दिएका छन् ।

ब्लड डोनर्स एशोसिएसन पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले रगत अभावको सम्भावित समस्या समाधानका लागि रक्तदाताहरुलाई परामर्श गर्ने, सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गर्ने तथा गाउँ गाउँमा रक्तादान गर्नका लागि प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताए ।

Advertisement

ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले अहिले पर्सामा औसतमा बार्षिक १२ हजार पिन्ट रगत आवश्यकता पर्ने गरेको तर बार्षिक १० हजार पिन्ट मात्रै रगत संकलन हुने गरेको जानकारी दिदै रगत अभाव पूर्ति गर्न रगत संकलनलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।

Advertisement

ब्लड डोनर्स एशोसिएसन पर्साका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा नेकपा एमालेका वीरगन्ज महानगर उपाध्यक्ष महेस दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महासंघ प्रदेशका महासचिव श्याम बञ्जारा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे, वुमेन फर ब्लडकी अध्यक्ष रोशनी श्रेष्ठ, भोलेण्टियर समूहका संयोजक राजन श्रीवास्तव, सदस्यहरु श्याम सर्राफ, किशु सर्राफ लगायतको उपस्थिति रहेको थियो । ट्रिब्युन न्युज

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *