Categories समाचार

श्रीसिया नदि प्रदुषण मुक्त नभए कडा खालको कार्यक्रम गर्ने चेतावनि : अधिवक्ता कुर्मी

Advertisement

बिरगंज । श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त अभियान पर्सा बिरगंजद्वारा २ दिने धर्नाको पहिलो दिन हिजो आइतबार बिरगंजको घण्टाघरमा धर्ना प्रदर्शन कार्यक्रमको आयोजना गरिएको हो ।

अभियानका संयोजक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा भएको धर्ना प्रदर्शनमा विभिन्न राजनितिक दलका नेताहरु , बुद्धिजीवी बर्ग,नागरिक समाज,संघ संस्था , युवा बिद्यार्थीहरु लगायतको व्यापक सहभागिता रहेको थियो ।

Advertisement

धर्नामा लोसपा पर्सा र राप्रपा पर्साले एक्यवद्धता जनाउदै समर्थन गरेको थियो सहभागिता पनि जनाएका थिए साथै नेपाली काङ्ग्रेस , एमाले , समाजवादी पार्टी नेपाल , राजपा लगायतका पार्टिले समर्थन जनाउदै सहभागिता समेत जनाएको थियो ।

Advertisement

बिहान १० बजे शुरु भै साझ ५ बजे समापन भएको धर्ना कार्यक्रममा बिमनपा वडा न. १८ का वडाअध्यक्ष ब्रहमदेव कुर्मी , सामुदायिक सेवा केन्द्र मुर्लीका उपाध्यक्ष रेखा घिमिरे, प्राध्यापक डा. हरेराम ठाकुर ,नेपाली काङ्ग्रेस का युवा नेता श्याम पटेल,, शहरुम राउत गद्दी ,श्री कान्त यादव ,राकेश यादव, लोसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, सदस्य रम्भा मिश्रा,नगर अध्यक्ष ओमप्रकाश सरार्फ ,अशोक साह, एमालेका मनोज मिश्रा ,माओवादिका महानगर इन्चार्ज बाबुराम कौसिक, समाजवादी पार्टीका मनोज चौधरी,युवा समाजका अध्यक्ष कमल चौगाई , अनेरास्ववियु क्रान्तिकारी पर्साका अध्यक्ष लगायतले श्रीसिया नदिको बर्तमान अवस्था प्रती चिन्ता र दुख प्रकट गर्दै अभियानको बिशुद्ध समाजिक सरोकारको खुलेर प्रसंशा गर्दै अभियान प्रती आफ्नो समर्थन रहेको र साथ दिन तयार रहेको मन्तव्य ब्यक्त गरेका थिए ।

अभियानका संयोजक अधिवक्ता कुर्मिले श्रीसिया नदिको चमत्कारि जडिबुटी मिसिएको औषधियुक्त पानीले आफुहरुको शरीरमा भएको छालाजन्य रोगहरु निर्मुल भएको र सो नदिमा आफुहरु नुहाएको मात्र हैन कि पानी पनि पिएको स्मरण गर्दै श्रीसिया नदिको पानीले मित्र राष्ट्र भारतको रक्सौल स्तिथ सुन्दरपुरमा कुष्ठ रोगिहरुको उपचार यहि नदिको पानीले निको पारिएको प्रमाणित नै भएको बताउनु भयो ।

बर्तमान अवस्थामा श्रीसियाको पानीमा यसको किनारमा अवस्थित विभिन्न छाला , साबुन, घ्यु,सिमेन्ट, फलाम कारखानाहरुले रसायनयुक्त फोहोरहरु बिसर्जित गरेको हुनाले यो नदि आज एक प्रदुषित र दुर्गन्धित नालामा परिणत मात्र भएको छैन कि यो एक चलताफिरता रोगहरुको अखाडा बन्न पुगेको दर्दनाक अवस्था देखेर मन पीडाले भरेर आउँछ साथै बिरगंज महानगरले यस्को संरक्षण गर्नुको साटो यसमा महानगर भरीबाट निस्कने ढल फोहोरहरु सिधै नदिमा खसालेर यसलाइ अझ बढी प्रदुषित र दुर्गन्धित बनाउदै आएको छ ।

नदिको प्रदुषणको कारकहरुको बारे बारम्बार प्रमुख जिल्ला अधिकारी , महानगरका मेयर , जिल्ला प्रहरी प्रमुख , मुख्यमन्त्री , सान्सद, बिधायक , जनप्रतिनिधिहरुलाई जानकारी गराउदा पनि कुनै किसिमको सकारात्मक कार्वाही नभएको केवल आश्वासन मात्र दिने गरेको गुनासो पनि गर्नु भयो ।

नेपालको संविधान को धारा ३० ले सम्पुर्ण नेपाली जनताहरुलाइ स्वच्छ र स्वस्थ वातावरण मा बाच्न पाउने अधिकार प्रदान गरेकोले अबिलम्ब सम्बन्धित निकायले कडा कार्वाही गरि नदिको दुवै किनार एवम बिरगंजवासिलाइ स्वच्छता र स्वस्थता प्रदान गराउन हामिले बाध्य भइ आइतबार र सोमबार २ दिन धर्ना प्रदर्सन गर्नु परेको बताउदै जब सम्म श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त भइ पुर्ण रुपले स्वच्छ ,निर्मुल र सफा हुदैन तब सम्म हाम्रो अभियान जारी रहने र अबको कार्यक्रम अझ बढी कडा खालको हुने जानकारी दिनु भयो ।

अभियानका सचिव रामराज्य यादवले बिगत ४ बर्ष देखि अभियानले गरेका विभिन्न कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने सामाजिक अभियन्ता बृजेश्वर चौधरिले सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको सो धर्ना कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता एवम सन्चारकर्मी लालबाबु सिंहले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *