Categories समाचार

साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ

Advertisement

जनकपुरधाम । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ निवासी १८ बर्षीय मुकेश मुखियालाई गोली प्रहार गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनकपुरधाम १९ कै रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवलाई भारततर्फ भाग्दै गरेको अवस्थामा नेपाल भारतको सीमा क्षेत्र धनौजी गाउँपालिका ४ बाट पक्राउ गरिएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

Advertisement

उनलाई पक्राउ गरी सोधपुछ गर्दा मुखियामाथि गोली प्रहार गरेको स्वीकारेका छन् । उनीबिरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

शनिबार राति आफ्नो मामाको किराना पसल अगाडि बसिरहेका मुखियामाथि पेस्तोलले गोली प्रहार गरिएको थियो । गोली घाँटीमा गएर अडकिएपछि उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । यादवले एक्कासी मुखियामाथि गोली चलाएको देखिएको प्रहरीको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *