बिरगंज । श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त अभियान पर्सा बिरगंज द्वारा २ दिने धर्ना को दोश्रो एवम अन्तिम दिन बिरगंज को घण्टाघर मा धर्ना प्रदर्शन कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न गरिएको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा भएको धर्ना प्रदर्शनमा विभिन्न राजनितिक दलका नेता ,बुद्धिजीवी ,नागरिक समाज,संघ संस्था ,युवा बिद्यार्थी हरु लगायतको व्यापक सहभागिता रहेको थियो ।
धर्नामा प्रेस बक्तव्य निकालि लोसपा पर्सा र राप्रपा पर्सा ले समर्थन एक्यवद्धता जनाउदै सहभागिता पनि जनाएका थिए भने साथै नेपाली काङ्ग्रेस , एमाले , समाजवादी पार्टी नेपाल , राजपा लगायत का पार्टिले समर्थन जनाउदै सहभागिता समेत जनाएको थियो ।
बिहान १० बजे शुरु भयेर साझ ५ बजे समापन भएको धर्ना कार्यक्रम मा बिमपा १८ का वडाअध्यक्ष ब्रहमदेव कुर्मी , वडा २१ का वडाअध्यक्ष हबिब मिया,सामुदायिक प्रहरी मुर्ली का उपाध्यक्ष रेखा घिमिरे , सिद्धार्थ कलेज का प्रमुख डा. सुषमा तिवारी , डा. सन्तोष कुमार साह,इ. चन्देश्वर प्रसाद कुर्मी, सामाजिक अभियन्ता प्रकाश थारु,पोखरिया युवा समाज का अध्यक्ष भगवान दास तत्वा,वातावरण तथा पर्यावरण संरक्षण समिती को अध्यक्ष दिपेन्द्र सिंह ,सामाजिक अभियन्ता एवम बिरगंज कपडा बैंक का सचिव कन्हैया पटेल , नेपाली काङ्ग्रेस का उपसभापति रामनारायण कुर्मी,सहसचिव नवीन सिंह , हबिब मिया,हुकुम सिंह ,लोसपा का केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव,पर्सा अध्यक्ष पुरुषोत्तम झा, रम्भा मिश्रा,ओमप्रकाश सराफ,अन्जना गुप्ता,उषा श्रीवास्तव, राप्रपा पर्सा अध्यक्ष सुनेश्वर उपाध्याय,एमाले का मनोज मिश्रा, एकीकृत समाजवादी पार्टी पर्सा का अध्यक्ष बाल गोपाल थापा , हिन्दु परिषद का केन्द्रिय सदस्य बिनोद पटेल ,अखिल क्रान्तिकारी का मधेश प्रदेश का सचिव एसान अन्सारी,अनेरास्ववियु क्रान्तिकारी पर्सा का अध्यक्ष कविराज पटेल वाइसिएल पर्सा अध्यक्ष पिन्टु रौनियार,लगायत ले श्रीसिया नदि को बर्तमान अवश्था प्रती गहिरो चिन्ता र दुख प्रकट गर्दै अभियान को बिशुद्ध समाजिक सरोकार को खुलेर प्रसंशा गर्दै अभियान प्रती आफ्नो समर्थन रहेको र साथ दिन तयार रहेको मन्तव्य ब्यक्त गरेका थिए ।
अभियान का संयोजक अधिवक्ता सुरेन्द्र प्रसाद कानु ले श्रीसिया नदि को चम्तकारी जडिबुटी मिसिएको औषधियुक्त पानी ले आफुहरुको शरीर मा भएको छालाजन्य रोगहरु निर्मुल भएको र सो नदिमा आफुहरु नुहाएको मात्र हैन कि पानी पनि पिएको स्मरण गर्दै श्रीसिया नदिको पानीले मित्र राष्ट्र भारत को रक्सौल स्तिथ सुन्दरपुर मा कुष्ठ रोगिहरु को उपचार यहि नदिको पानीले निको पारिएको प्रमाणित नै भएको बताउनु भयो ।
बर्तमान अवस्था मा श्रीसिया मा यस्को किनारमा अवस्थित विभिन्न छाला , साबुन, घ्यु,सिमेन्ट, फलाम का कारखानाहरुले रसायनयुक्त फोहोर , छाला , मासु को अवशेष , छाइ , फालाम को धुलोहरु बिसर्जित गरेको हुनाले यो नदि आज एक प्रदुषित र दुर्गन्धित नाला मा परिणत मात्र भएको छैन कि यो एक चलताफिरता रोगहरु को अखाडा बन्न पुगेको डरलाग्दो अवश्था देखेर मन पीडा ले भरेर आउँछ साथै बिरगंज महानगर ले यस्को संरक्षण सम्बर्द्धन गर्नु को साटो यसमा महानगर भरी बाट निस्कने ढल फोहोरहरु सिधै नदि मा खसालेर यसलाइ अझ बढी प्रदुषित र दुर्गन्धित बनाउदै आएको छ । नदिको प्रदुषण को कारक हरु को बारे बारम्बार प्रमुख जिल्ला अधिकारी , महानगर का मेयर , जिल्ला प्रहरी प्रमुख , मुख्यमन्त्री , सान्सद, बिधायक , जनप्रतिनिधि हरु लाई जानकारी गराउदा पनि कुनै किसिमको सकारात्मक कार्वाही नभएको केवल आश्वासन मात्र दिने गरेको गुनासो पनि गर्नु भयो ।
डनेपालको संविधान को धारा ३० ले सम्पुर्ण नेपाली जनताहरुलाइ स्वच्छ र स्वस्थ वातावरण मा बाच्न पाउने अधिकार प्रदान गर्नु का साथै सार्वजनिक नदि नाला पोखरा बन जङ्गल लाई त्यस्को स्वरुप फेर्न त्यसलाइ फोहोर मैला गर्ने एवम पिउने पानी लाई दुषित गर्ने ब्यक्ति , संघ संस्था , कारखाना हरुलाइ ६ महिना देखि १० बर्ष सम्म को कैद सजाय वा ५ हजार देखि १० लाख सम्म जरिवाना वा दुवै सजाय हुने ब्यवश्था पनि गरेको हुदा हुँदै यस्को कार्यान्वयन पक्ष स्थानिय सरकार , स्थानिय प्रशासन राज्य सरकार, सङ्हिय सरकारले अबिलम्ब कडा कार्वाही गरि नदिको दुवै किनार एवम बिरगंज वासिलाइ स्वच्छता र स्वस्थता प्रदान गराउन पर्ने हुन्छ जुनकी नभएको ले नै हामि बाध्य भइ हिजो र आज २ दिन धर्ना प्रदर्सन गर्नु परेको बताउदै जब सम्म श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त भइ पुर्ण रुपले स्वच्छ ,निर्मुल र सफा हुदैन तब सम्म हाम्रो अभियान जारी रहने र अबको कार्यक्रम होलि पछाडी महानगर र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने रहेको र इ कार्यक्रम हरुमा पनि हिजो र आज आयोजित धर्ना प्रदर्शन को जस्तै सम्पुर्ण को साथ र सहभागिता को लागि आग्रह गर्दै सहभागी सम्पुर्ण बुद्धिजीवी , नागरिक समाज, राजनितिक दल, संघ संस्था , युवा बिधार्थी एवम सन्चारजगत लाई अभियान को तर्फ बाट हार्दिक आभार धन्यवाद पनि प्रकट गर्नु भयो ।
अभियान का सचिव रामराज्य यादवले बिगत ४ बर्ष देखि अभियान ले गरेका विभिन्न कार्यक्रम को बारेमा प्रकाश पारेका थिए भने सामाजिक अभियन्ता बृजेश्वर चौधरिले सहभागी सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरेको सो धर्ना कार्यक्रम को सहजीकरण पब्लिक एफ एम का कार्यक्रम संयोजक सामाजिक अभियन्ता लालबाबु सिंह ले गरेका थिए ।







