Categories समाचार स्वास्थ्य

बिरगंजका ठुला तथा साना होटेल रेस्टुरेन्टहरुको स्तरिकरण र मुल्यांकन कार्य सुरु

Advertisement

बिरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरधामले खाद्य स्वच्छताको आधारमा बिरगंजका होटलहरुको स्तरीकरण र मुल्यांकनको आधारमा लोगो वितरण गरेको छ ।

मंगलवार कार्यालका प्रमुख बिजय खनालको नेतृत्वमा होटलहरुको स्तरीकरण र मुल्यांकन गरि लोगो वितरण गरेको हो । खाद्य स्वच्छता र सरसफाइको आधारमा होटलहरुको स्तरीकरण गरिएको कार्यालका प्रमुख बिजय खनालले जानकारी दिनुभयो । खाद्य स्वच्छता र सरसफाइ सम्बन्धी रहेका ५० वटा सूचकका आधारमा होटलहरुको स्तरीकरण गरिएको छ ।

Advertisement

खाद्य प्रविधिले खाद्य स्वच्छता र सरसफाइका आधारमा होटलहरुलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गिकरण गरेको छ । ‘क’ वर्गमा पर्ने होटलको स्तर अति उत्तम, ‘ख’ वर्गमा पर्ने होटलको स्तर उत्तम, ‘ग’ वर्गमा पर्ने होटलको स्तर सन्तोषजनक र ‘घ’ वर्गमा पर्ने होटलको स्तर सामान्य हुने खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख बिक्की राउतले बताउँनुभयो ।

Advertisement

सो क्रममा वीरगञ्जको होटल क्लार्क रिसोर्स , होटेल भिस्वा र लर्डस दियालो क बर्ग अति उत्तम थ्रिस्टार लोगो भएको स्टिकर पाएका थिए भने होटेल मकालु, ,होटेल पूजन ख बर्ग उतम टुस्टार लोगो पाएका थिए ।

त्यसैगरि ग बर्गमा होटेल कन्ट्रि ईन , ओम रेसिडेन्सि होटेल , अनमोल स्विटस , वन एलेभन साउन्डले संतोषजनक वनस्टार पाएका थिए । घ बर्गको सामान्य लोगो डिलाईट , मेजवानि स्विटस , मार्ट एन्ड मार्टले पाएको उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर अध्यक्ष अजित भुजेलले जानकारी दिनु भयो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख भिमकान्त पौडेल , होटल व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्त, उपाध्यक्ष सचिन्द्र थापा , उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष अजित भुजेल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, बिरगंज उद्योग बाणिज्य संघका मनोज दास , सञ्चारकर्मीहरु जगत राइ, निरज पिठाकोटे मगर , शन्कर आचार्य, सन्तोष रन्जितकार , आरोहण साह, आनन्द पटेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *