बिरगंज । अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा सानो पाइला बचत ऋण सहकारी संस्था बिरगंज एवम न्यु त्रीलोकी क्लिनिक बिरगंज को संयुक्त आयोजनामा महिला हरुको लागि मात्र निशुल्क स्वास्थ्य उपचार कार्यक्रम को आयोजना गरेको छ ।
सानो पाइला बचत ऋण सहकारी संस्थाकि CEO तस्वीरन खातुन को अध्यक्षता मा सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय आदर्शनगर बिरगंजमा महिलाहरुको लागि मात्र भएको निशुल्क स्वास्थ्य उपचार कार्यक्रममा न्यु त्रीलोकी क्लिनिक बिरगंज का बरिस्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. मिता महर्जन ले दिउँसो १ बजे देखि ५ बजे सम्म ६१ जना महिला बिरामी हरु लाई चेकजाँच गरि निशुल्क सेवा दिनु भएको थियो ।
सो बिरामीहरु मध्ये गम्भीर १५ जना लाई थप भिडियो एक्सरे , रगत पिसाब एवम अन्य जाँच को लागि भोलि बिरगंजको दस तल्ले भवन बिर्ताको छेउमा रहेको क्लिनिकमा बोलाउनु भएको थियो । साथै अन्य सामान्य बिरामी हरुलाइ निशुल्क औसधि समेत बितरण गरि पठाइएको क्लिनिकका सहयोगी श्याम पटेलले बताउनु भयो । सो कार्यक्रम को अतिथी हरुमा डा. सुषमा तिवारी ,सलमा खातुन,चन्चला दास , श्वेता अग्रवाल, शशिलता गिरि, गुडडी जोशी , प्रीया सिंह लगायत विभिन्न क्षेत्र का महिलाहरु को उपस्थिति रहेको थियो ।
सो निशुल्क स्वास्थ्य उपचार कार्यक्रम का अध्यक्ष खातुन ले महिला ले महिला को खुट्टा तान्दा को अवस्था मा पनि जब हामी देश को राष्ट्रपति बन्न सक्छौ र प्रधान न्यायाधीश बन्दैछौ भने महिला हरुले एक आपसमा हातेमालो गरे सोच्नुस त हामी कहाँकहा पुग्थ्यौ होला भन्दै आफू ले आफू लाई कति दबाउछौ अब जाग आफू जागे जाग्छ सन्सार आफै बदलिन शुरु गर त बदलिने छ सन्सार भनी मीठो कबिता बाचन गरि सम्पुर्ण अतिथी हरुलाइ स्वागत गर्दै धन्यवाद पनि दिनु भएको थियो भयो भने डा. सुषमा तिवारी , शशिलता गिरि, अफशाना खातुन,श्वेता अग्रवाल ले महिला एकता ले नै सम्पुर्ण महिलाहरु को साथै परिवार, समाज र देश लाई बलियो बनाइ उन्नति उन्मुख बनाउनेछ र यो नै महिला दिवस को मुल सन्देश हो भनी आपसी एकता लाई बलियो बनाउन र हातेमालो गर्न जोड दिदै एकआपसमा बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा मिता महर्जन ले कार्यक्रम बारे प्रकाश पार्दै महिलाहरु पहिले आफ्नो परिवार को ख्याल राख्ने गर्नाले उसलेआफ्नो स्वास्थ्य को ख्याल मा लापरबाही गरि रहेको ले नै विभिन्न किसिमका नहुनु पर्ने सामान्री देखिएको रोग बल्झिदै ठूलो रोग को रुप लियेर दुख दिने गरेकोले सम्पुर्ण महिलाले यसत्र्फ ध्यान दिनु अत्यन्तै आवश्यक रहेको छ किनभने आज को महिला लाई आफू प्रति कहिल्यै फुर्सत नपाउनु नै रोग र समस्या को जड हो भनी आफ्नो स्वस्थ प्रती समय समय मा बिशेश ध्यान दिनु पर्ने मा जिड दिनु भयो भने बालिका हरुलाइ घरै बाट राम्रो शिक्षा र संस्कार दिए महिला सुरक्षित र सबल हुने बताउनु भयो ।
सो कार्यक्रम मा अतिथिहरुलाइ सानो पाइला बचतका प्रबन्धक असरफ अलि ले माया को चिनो प्रदान गरेका थिए भने कार्यक्रम को सहजीकरण संस्था का वरिष्ठ कर्मचारी मन्दिरा पहाडी ले गर्नु भएको थियो ।







