Categories समाचार

जिल्ला हरवा चरवा अधिकार मंचका पदाधिकारीलाई जनवकालत र नेतृत्व बिकास सम्बन्धि तालीम

लहान । जिल्ला हरवा चरवा अधिकार मंचका पदाधिकारीहरुको लागी प्रदेश स्तरीय दुई दिने जनवकालत र नेतृत्व बिकास सम्बन्धि तालीम लहानमा शुरु भएको छ ।

रास्ट्रिय दलित नेटवर्कको आयोजना ,द फ्रीडम फन्डको सहयोग र रास्ट्रिय हरवा चरवा अधिकार मंचको समन्वयमा संचालित तालिमको उदघाटन एक समारोह बिच सम्पन्न भएको छ ।
हरवा चरवा अधिकार मंच सिरहाको अध्यक्ष श्याम सुन्दर सदाको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि रास्ट्रिय हरवा चरवाका अध्यक्ष दशन मण्डले विभिन्न समस्या झेलेर दास्त्व जीवन बिताइ रहेका हरवा चरवाहरुको मुक्तिको लागी तालिम फलदायी हुने बताउनु भयो ।

Advertisement

समारोहमा मंचका माहासचिव लगेन्द्र सदा , कोषाअध्यक्ष राजबती मण्डल , फ्रीडम फन्डका प्रोग्राम सल्लाहकार ज्याम श्रेष्ठ , कानुनी सल्लाहकार बालाराम भट्टराई , सल्लाहकार ब्रह्म्देव राम लगाएतले मन्तब्य गरेका थिए भने स्वागत मन्तब्य जन वकालत अधिकृत रुपनरायन पासवान र कार्यक्रम माथी प्रकश रास्ट्रिय दलित नेटवर्कका टिम लिडर हुकुम सार्कीले गर्नु भएको थियो ।

Advertisement

दुई दिन सम्म चल्ने तालिममा समाजिक अभियान्ता अर्जुन थपालिया , ब्रह्मदेव राम , हुकुम सार्की , पत्रकार बृजलाल पासवान , अभियान्ता रुपनरायन पासवान लगाएतले प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको जनवकालत अधिकृत संजय रामले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *