Categories समाचार

गाउँपालिका अध्यक्ष जैसवालले उपाध्यक्ष चौधरीलाई कुटेको विवादलाई लिएर उपाध्यक्षको अध्यक्षतामा सर्वदलीय बैठक

रामकिशोर चौधरी

वीरगन्ज । सखुवाप्रसौनी गाउँपालिकामा आईतबार २२ गतेको दिन गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले उपाध्यक्ष फुलमती देवी चौधरीलाई कुटेको विवादलाई लिएर बुधबार २५ गते सखुवाप्रसौनी गाउँपालिका वडा २ औराहा पंचगावाको शिव मन्दिरको जगशालामा गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ।

Advertisement

बैठकमा नेपाली कांग्रेस पर्सा गाउँपालिका सभापति जयराम महतो थारु,काङ्ग्रेसका युवा नेता शैलेन्द्र यादव,नीर गिरी,अफजल अन्सारी ,नेपाल कम्युनिस्ट एमालेका गाउँपालिका सभापति बासुदेव महतो,भुपदेव राय,वडा १ का वडा अध्यक्ष बिशवनाथ पटवारी,वडा ६ का लालबाबु यादव ,वडा १ का वडा सदस्य पारस चौधरी ,माओवादी केन्द्रका लाल बिहारी राम,जनमोर्चा नेपालका तपसी राउत,सुशासन पार्टीका प्रदिप चौधरी ,रा.प्र.पा. का चन्द्रीका सहनी र स्थानीयहरुको उपस्थिति रहेको थियो। उपाध्यक्ष फुलमती देवी चौधरीले सर्वदलीय बैठकमा स्थानीय र जनता समक्ष गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले मलाई कुटेको बैठकमा दुखेसो पोखेकि थिईन।

Advertisement

सर्वदलीय बैठकमा उपस्थिति रहेका नेपाली काङ्ग्रेस युवा नेता शैलेन्द्र यादवको नेतृत्वमा सखुवाप्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई ज्ञापनपत्र ईलाका प्रहरी पटेर्वासुगौली कार्यलयका प्रहरी निरीक्षक रामकाजी थापाको रोहबरमा बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *