Categories समाचार

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढयो

Advertisement

वीरगन्ज । आज सुन र चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो ।

Advertisement

रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *