वीरगन्ज । पटेर्वासुगाैली गाँउपालिकामा आाग लागि हुँदा गाेठाला जलेर नष्ट भएकाे छ ।
वडा नम्बर २ को पलोटाडी बस्ने हरि रिजालको घरको गोठालामा राती करिब १० बजे आगलागी हुदा गाेठमा रहेका बाख्रा, भैंसी, गाईकाे जलेर मृत्यु भएकाे स्थानीयले बताएका छन् भने स्थानियाबासिहरु र प्रहरीकाे सहयोगमा आगो नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएका हुन ।
सखुवाप्रसौनी गाउँपालिकाबाट ५ किलोमिटर मात्र रहेकाे मेरो घरसम्म समयमा बरुण यन्त्र नआउँदा यत्राे ठुलाे क्षति बेहाेर्नु परेकाे रिजालले बताए । आगाे निभेकाे एक घण्टा पछि बरूण यन्त्र पुगेकाे समेत स्थानीयले बताए ।







