Categories स्वास्थ्य

२४ घण्टामा ५८ जना कोरोना संक्रमित

Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ५८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन् भने १४८ जना संक्रमित निको भएर घर फर्किएका छन्। २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *