Categories समाचार स्वास्थ्य

शान्ति पोली क्लिनिकद्वारा विशेषज्ञ टोली सहित स्त्री तथा निःसन्तान रोग सम्बन्धी उपचार शुरु

Advertisement

पर्सा । पर्सा जिल्लामा मात्र नभइ मधेस प्रदेशमै ख्याती प्राप्त शान्ती पोली क्लिनिकले स्त्री एवंम प्रसुती तथा निःसन्तान रोग विशेषज्ञ सहित थप नयाँ क्लिनिक संचालनमा ल्याएको छ । सोमबार औपचारिक रुपमा खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले क्लिनिकको समुदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्वास्थ्य, शिक्षा र खानेपानी नागरिकको मौलिक हकको रुपमा रहेको हुनाले व्यापार मुखी नभई सेवामुखी रुपमा भएर क्लिनिक संचालन गर्न सुझाव दिनुभयो । उहाले सर्वशुलभ र स्तरीय स्वाथ्यको सेवा आमनागरिकले पाउँन भन्ने उदेश्यले यो क्लीनिक संचालनमा ल्याईएको बुझिएतापनि व्यापार मुखी भन्दा पनि सेवामुखी तर्फ बढी उन्मुख हुनुपर्ने बताउँनु भयो ।

Advertisement

पवित्र उदेश्य लिएर विरामीहरुको सेवा गर्न सुझाव समेत उहाले दिनुभयो । मन्त्री चौधरीले आर्थिक रुपले विपन्न परिवारहरुलाई समेत गुणस्तरीया सेवा उपलब्ध गराउँन आग्रह गर्नुभयो । आम नागरिकले सेवा पाउँनु भनेको राज्यको दायित्व रहेपनि शान्ति क्लिनिकले आफनो विशेषज्ञ सहितको टोलीले जनतामा पु¥याई रहेको सेवा अतिनै सराहनीय र प्रशंसनीय रहेको समेत उहाले बताउँनु भयो ।

Advertisement

अर्को प्रसंगमा मन्त्री चौधरीले चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौंसम्म ल्याई नागरिकको घर घरमा पु¥याउँन सरकार प्रतिबद्ध रहेको बताउँनु भयो । उहाले मेलम्चीको खानेपानी काठमाडौं भित्रियाउँने नेता कृष्ण प्रसाद भट्टराईले देख्नु भएको सपना थियो भन्नु भयो । उनको सपना र नागरिकको सबभन्दा बढी चासोको विषयम समेत मेलम्चीको खानेपानी बनेकोले चैत्रमसान्त भित्र घर घरमा पानी पु¥याउँन सरकार प्रतिबद्ध रहेको छ, त्यस अनुसार दु्रतगतिमा काम अगाडी बढीरहेको बताउँनु भयो ।

बाढी पहिरोको कारण मेलम्चीको कार्य स्थगन भएको थियो, उहाले भन्नुभयो, ‘ सरकारको घोषणा र प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुभएको सम्बोधनलाई मध्यनजर गर्दै चैत्रमसान्त भित्र खानेपानी काठमाडौंको घर घरमा भित्रियाउँने अनुरुपनै काम अगाडी बढाएका छौं ।

मेलम्चीलाई स्थाई गर्न एडिभिजीले अध्ययन गरेर आएको छ, उहाले भन्नुभयो,‘ त्यसको मुहान (जलधार) संरक्षण गर्न स्थायी समाधानको उपाय अपनाउँनको लागि कार्यविधि बनाएर अगाडी बढ्ने छौ ।’ मन्त्री चौधरीले मेलम्चीको विकल्पमा सिसनेरी खानेपालीलाई अगाडी सार्न अध्ययन भईरहेको बताउँनु भयो ।

खानेपानी तथा सरसफाई आम नागरिकको मौलिक हकको रुपमा रहेको बताउँदै मन्त्री चौधरीले खानेपाने खानबाट बन्चित हुन नदिन शुद्ध र सुरक्षीत खानेपानी खान देशभरीनै व्यवस्थापन गर्न लागि परेको बताउँनु भयो । उहाले भुकम्प र वातावरण परिर्वतनका कारण पहाडमा पानीको मुहान सुक्दै र तराईमा पानीको सतह घटदै गएको कारण आरसेनीक, आयरन वाटर खान बाध्य भएका यसलाई पनि व्यवस्थित बनाउँन सरकारले अभियानकै रुपमा अगाडी बढाएको बताउँनु भयो ।

पहाडमा पानीको मुहान संरक्षण र तराईमा पानीको परिक्षण गरी शुद्ध खानेपानी र सर्वशुलभ खानेपानी उपलब्ध गराउँन लागि परेको उहाले बताउँनु भयो । मन्त्री चौधरीले वर्तमान सरकारले जनताको भावना अनुसार द्रुत गतिमा काम गरीरहेको दावी गर्दै सरकारले तोकेकै समयमा स्थानिय निर्वाचन गराउँन सफल हुने बताउनु भयो ।

आजदेखि संचालनमा आएको स्त्री एवंम प्रसुती तथा निःसन्तान विशेषज्ञको शान्ति पोली क्लिनिकले दुई दिनसम्म निशुल्क स्वास्थ्य परिक्षण गर्ने क्लिनिकका संचालक प्रमोद सर्राफले बताउँनु भयो । उहाले भन्नु भयो, विगत डेढ दशक देखि १४ जना विशेषज्ञ चिकित्सकहरु मार्फत स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएका छौ, नयाँ संचालन क्लिनिक मार्फत निःसन्तान तथा स्त्री रोगहरुको सम्पूर्ण उपचार प्रविधि युक्त माध्यमले अगाडी बढाई रहेको छौ ।
दुई दिनसम्म चल्ने यो निशुल्क शिविरमा अत्याधिक लाभ उठाई सेवाको मौका दिन जनसमुदायमा हार्दिक अपिल समेत उहाले गर्नुभयो । जनतामा सेवाको भाव लिएर संचालन गरेको क्लिनिकले आर्थिक तथा अति विपन्न वर्गका महिला तथा पुरुषको उपचारमा सहयोग पुर्याउँन प्रतिबद्ध छौ, उहाले भन्नु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *