Categories समाचार

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अनिश्चतकालका लागि स्थगन

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ । सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३–४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए ।

Advertisement

ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए । अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना विभागको छ । अनलाइन आवेदन दिएकामध्ये ४० प्रतिशतले मात्र प्रक्रियाका लागि यातायात कार्यालय जाने गरेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *