Categories समाचार

बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने

Advertisement

ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो ।

बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गर्ने बताएको छ ।

Advertisement

उपभोक्ता अधिकार दिवसका अवसरमा सचेतना फैलाउने कार्यक्रमसहित बजार अनुगमन भएकाले अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए पनि अनुगमन टोलीले अन्तिम मौकास्वरुप सम्बन्धित बिक्रेतालाई बुधबार बिहान १० बजेसम्म हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिनुभयो ।

Advertisement

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *