Categories समाचार

तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

Advertisement

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

Advertisement

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार तीनै जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *