Categories समाचार समाज

सभ्य तथा सुरक्षित होली तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक पर्चा पम्पलेट बितरण ।

Advertisement

बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ बिरगंज पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सभ्य तथा सुरक्षित होलि पर्वको लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा जिल्ला पर्सा बीरगंज महा-नगर पालिका वडा नं. २ स्थित सभ्य तथा सुरक्षित होली पर्वको लागि सचेतना अभियानमा १५० थान होली र ट्राफिक नियम सम्बन्धी जनचेतना मुकल पर्चा पम्प्लेट वितरण गरेको थियो ।

Advertisement

सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहारी कार्यालय पर्साका प्र.स.नि. बीर बहादुर यादव, वडा प्रहरी कार्यालय विर्ताका प्र.ना.नि. रामपदार्थ साह,प्र.स.नि. मोतिलाल महतो, मुर्ली सामुदायिकका प्र.स.नि. तनुजा श्रेष्ठ, मुर्ली सामुदायिकका सदस्य राधा शर्मा, सामुदायिक सेवा केन्द्र मिना बजार, राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष अकदस मुस्तफा ( आरजु) सामुदायिक सेवा केन्द्र छपकैया- २ का व.उपाध्यक्ष मो.अब्दुल हक, सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेमा सिंह, सदस्य धिरज शर्मा,अब्दुल कैश मिया तेली, ऐसहनुल हक ( बिट्टु) मोमिला खातुन र सामुदायिक प्रहरी प्र.स.नि. मुकेश्वबर पंजियार, प्र.ह. विजय प्रसाद पटेल, प्र.ज. राज कुमार तामाङ्ग लगायतको उपस्थिति रहेको अध्यक्ष ठकुराईले जानकारी गराउनु भयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *