Categories समाचार

मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् : राजेन्द्र महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको बताएका छन् ।

मंगलबार साँझ जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा नेता महतोले धोती कुर्तामा खसवादी शासकले राष्ट्रवादी नदेख्ने गरेको आरोप लगाएका हुन् ।

Advertisement

मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न नसकेको बताए । नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’

Advertisement

महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’

शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने उनको भनाइ छ ।

उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *