Categories धर्म/संस्कृति

तराई-मधेसमा आज होली पर्व हर्षोलासपूर्वक मनाइयो (फोटोफिचर)

वीरगन्ज । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा शुक्रबार हर्षोलासपूर्वक मनाइएको छ।

पहाडी जिल्लामा बिहिवार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (शुक्रबार) होली मनाईएको हो ।

Advertisement

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

Advertisement

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता अपनाएको  थियो । कोभिड १९ महामारीका कारण पछिल्लो वर्षहरुमा घटेको रौनक तथा कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन पर्ने बाध्यता यसपालि अन्तय भएको देखिएको थियो ।

फोटोफिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *