Categories विचार समाचार

स्यालहरुले मोर्चा कसेर हात्तीको सिकार गर्न सक्दैन्न : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजयी हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक विजयी हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

Advertisement

उनले अब हुने स्थानीय तहको चूनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राखे । अब २० हजार भन्दा बढी जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढी पालिकामा एमालेले विजयी हासिल गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

त्यस्तै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए । पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गदै उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।

ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।

उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *