Categories विदेश

योगी आदित्यनाथले दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिने

नयाँ दिल्ली : उत्तर प्रदेशमा फराकिलो अन्तरले जितेपछि फेरि भाजपाले नै सरकार बनाउने भएको छ । २५ मार्चमा लखनऊमा बीजेपी सरकारको सपथ ग्रहण कार्यक्रम हुनेछ। 

समाचार एजेन्सी पीटीआईले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कार्यक्रम दिउँसो ४ बजेदेखि शहीद पथस्थित एकना रंगशालामा हुने जनाइएको छ । 

Advertisement

योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिने योसहित दोस्रो पटक हो । पार्टी स्रोतका अनुसार भाजपा नेतृत्व र योगी आदित्यनाथबीच मन्त्रिपरिषद्को प्रकृतिबारे वार्ता भएको छ । 

Advertisement

योगी आदित्यनाथ गोरखपुरबाट लखनउ आउनेबित्तिकै सपथ लिने मन्त्रीहरूको सूची तय गर्नेछन्। केन्द्रीय गृहमन्त्री अमित शाहलाई पर्यवेक्षक र झारखण्डका पूर्व मुख्यमन्त्री रघुवर दासलाई राज्यमा सरकार गठनको सह-पर्यवेक्षक बनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत भाजपाका धेरै वरिष्ठ नेताहरू सपथ ग्रहण समारोहमा सहभागी हुने छन्। समारोहमा भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू, आरएसएसका धेरै नेताहरू पनि सहभागी हुन सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *