Categories विदेश

रुसको गल्ती सच्याउने अन्तिम मौका : जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार रसियासँग विलम्ब नगरी शान्ति र सुरक्षा वार्ता गर्न आह्वान गरेका छन्। उनले यो रसियाको लागि गल्ती सच्याउने अन्तिम अवसर हो। उनले यो रुसको लागि युद्धबाट हुने क्षति कम गर्ने एक मात्र मौका भएको पनि बताए।

आफ्नो एक भिडियो जेलेन्स्कीले भने, ‘रूसको गल्तीबाट हुने क्षतिलाई कम गर्ने यो एक मात्र मौका हो। यो भेट्ने समय हो, यो कुरा गर्ने समय हो, यो युक्रेनको क्षेत्रीय अखण्डता र न्याय पुनर्स्थापित गर्ने समय हो, अन्यथा रुसले यस्तो क्षति बेहोर्नु पर्नेछ कि यसलाई ठीक गर्न धेरै पुस्ता लाग्नेछ।’

Advertisement

आफ्नो सम्बोधनमा, जेलेन्स्कीले रुसले क्रिमियामाथि कब्जा गरेको आठौं वर्षगाँठ मनाउन आयोजित मस्कोमा भएको विशाल र्‍यालीलाई पनि उल्लेख गरे।

Advertisement

 र्‍यालीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए। जेलेन्स्कीले भने, ‘आज, क्रिमियामा रुसले कब्जा गरेको वार्षिकोत्सवमा, मस्कोमा धेरै कुरा सुन्न पाइयो।’

‘यो ठूलो जुलुस थियो। यो र्‍यालीमा करिब २ लाख मानिस सहभागी भएको बताइएको छ जसमध्ये १ लाख सडकमा र करिब ९५ हजार रंगशालामा थिए,’ 

उनले थपे, ‘युक्रेनमा भएको आक्रमणमा करिब त्यति नै संख्यामा रुसी सैनिक संलग्न थिए। मस्को स्टेडियममा १४ हजार शव र हजारौं घाइतेहरू छन् भन्ने कल्पना गर्नुहोस्। यो आक्रमणमा अहिलेसम्म नै धेरै रुसी मारिएका छन्। 

यो युद्धको मूल्य हो। युद्ध रोकिनु नै पर्छ।’

युक्रेनले आक्रमणको पहिलो दिनदेखि आजसम्म करिब १४ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। मस्कोले भने ४९८ रूसी सैनिकहरू मात्र मरेका दावी गरेको छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *