Categories समाचार

पर्सामा म्यादी प्रहरीको फारम भर्नेको भिड।

Advertisement

बीरगन्ज । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै पर्सा जिल्लाको सदरमुकाम बीरगन्जमा म्यादी प्रहरीको आवेदन दिन आउनेहरुको लर्को लागेको छ ।

आजदेखिको मिति तोक्दै नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन भर्न आह्वान गरेको थियो ।

Advertisement

एक महानगरपालिका, तिन नगरपालिका र दश वटा गाउँपालिका रहेको मधेश प्रदेशको मूख्य व्यापारिक जिल्ला पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।

Advertisement

आवेदन दिने आउनेहरुको अहिले जिल्ला प्रहरी कार्यालय पर्सा परिसर भित्र रहेको खेल मैदानमा लाम लागेको छ । लाइनमा महिलाको सङ्ख्या भने नियून देखिन्छ । पुरुषहरु भने हरेक उमेर समूहका छन् ।

सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।

मधेशमा सबैभन्दा बढी धनुषामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ । पर्साबाहेक बाँकी प्रत्येक जिल्लामा दुई हजारभन्दा माथि म्यादी खटिनेछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *