पर्सा । बीरगन्ज महानगरपालिकाका दुई निर्वाचित वडा अधक्ष पनि एमाले प्रवेश गरेका छन् ।
महानगरपालिकाका नगरप्रमुख ९ मेयर विजयकुमार सरावगीलगायत एमालेका नेतासँग काठमाडौँ पुगेका दुई जना निर्वाचित वडा अध्यक्षसहित दर्जनौँ अन्य नेता र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्ने वडा अध्यक्षहरुमा बीरगन्ज-२५ का वडा अध्यक्ष विश्वराजप्रसाद कुर्मी र बीरगन्ज -२८ का वडा अध्यक्षका श्रीमान् जयनारायणसिंह कुर्मी रहेका छन् । वडा अध्यक्ष कुर्मीद्वयसँगै पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँस्थित आफ्नो निवासी बालकोटमा एक कार्यक्रमबीच माला र टिका लगाएर स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।



