Categories समाचार

नेता राजेशमान सिंह जसपा प्रवेश गरे

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् ।

Advertisement

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, अब्दुल रहिम अन्सारी (मञ्जुर अन्सारी) लगायतका नेताहरुले वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराएका छन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूहले पनि जसपा प्रवेश गरेको छ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *