Categories समाचार

‘जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

Advertisement

काठमाडौं । सर्वाेच्च अदालतले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने भन्ने निर्वाचन आयोगको आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको उक्त आचारसंहिताको प्रावधान तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement

पदमा बसेर पनि जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै केही समयअघि सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले तत्काल आयोगको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।

Advertisement

साथै, अन्तरिम आदेशका लागि रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलका लागि सर्वाेच्चले
डाकेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *