Categories समाचार

प्रहरीद्वारा ठूलो परिमाणमा अवैध मदिरा बरामद

Advertisement

वीरगञ्ज । धनुषाको जनकनन्दनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ । 

जनकनन्दनी गाउँपालिका-१ ईनर्वास्थित सिमा क्षेत्रबाट बाहिनीको टोलीसँगै बिओपी ईनर्वाको सहयोगमा २ सय ७ कार्टुन सोफी, भर्जिन मदिरा ७ कार्टुन र ब्ल्याक मदिरा ९ कार्टुन बरामद गरिएको बाहिनीका बरिष्ठ हवल्दार मन्तोष सिँहले यात्रा डेलीलाई जानकारी दिए । 

Advertisement

मदिरा ओसारपसारमा प्रयोग गरिएका ६ वटा मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ६ वटा मोटरसाइकलको ५ लाख ५० हजार र मदिराको ३ लाख १० हजार ६ सय गरी ८ लाख ५० हजार ६ सय रुपैयाँ मूल्यांकन गरिएको छ ।

Advertisement

बरामद मदिरा आन्तरिक राजस्य कार्यालयमा बुझाउने तयारी भइरहेको छ । सशस्त्र प्रहरीलाई देखिएपछि मदिरा ओसारपसारमा संलग्नहरु फरार भएकाले उनीहरुको खोजी तिव्र पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *