वीरगञ्ज । चर्काे घामका कारण पर्साको एक विद्यालयका १५ जना विद्यार्थी अचेत भएका छन् ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचेत भएको स्थानिय शिक्षक सुरेश चौधरीले जानकारी दिनु भयो । हिजो पनि सोहि बिध्यालयको दुई जना छात्रा मुछा परेका थिए ।
आज फेरी कक्षा ८, ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थी चर्काे घामका कारण पढाई भईरहेकै अवस्थामा अचेत भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले जानकारी दिनु भयो ।
उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा लिएर उपचार गराएपछि अहिले अवस्था सामान्य रहेको छ । बिध्यार्थीहरुमा कमजोरी हुने,स्वास फेर्न गार्हो हुने र अचेत हुने गरेको देखिएको छ । पब्लिक एफ एम







