Categories मनोरञ्जन विदेश समाचार

सलमान खान र मन्त्री आलेबीच भर्चुअल संवाद

Advertisement

काठमाडौं । बलिउड अभिनेता सलमान खान र पर्यटनमन्त्री प्रेम आलेबीच भिडियो संवाद भएको छ।

बुधबार मन्त्री आले र अभिनेता खानबीच भर्चुअल संवाद भएको हो। अभिनेता खान नेपालमा आउन लागेको भन्दै मन्त्री आलेले खुशी व्यक्त गरे।

Advertisement

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ। हम आपको स्वागत करनेके लिए आतुर हे।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए। आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए।

Advertisement

भिडियो कुराकानीका क्रममा मन्त्री आलेले अभिनेता खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिदिन आग्रह गरे।

जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए। ‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईले सहयोग गर्नुपर्‍यो’, मन्त्री आलेले भने ।

नेपाल भ्रमणका क्रममा अन्य क्षेत्रको पनि भ्रमण गर्न मन्त्री आलेले सलमानलाई निम्तो दिएका छन्।

करिब १० मिनेट भएको भिडियो कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको पनि बताए ।

नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो। सलमान खानसँगको भिडियो संवादपछि मन्त्री आलेले सञ्चारकर्मीहरुसँग भारतीय सेलिब्रेटी नेपाल आउन लागेको बिषयलाई बढी प्रचार गर्न सकिए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे।

ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रमका लागि खान नेपाल आउन लागेका हुन।

अभिनेता खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ दशरथ रंगशालामा हुने छ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोरोनाको जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुन लागेको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *