Categories समाचार

खुकुरी प्रहार गरेको आरोपमा पाँचजना पक्राउ

Advertisement

काठमाडौं। काठमाडौंको शंखमूलमा खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ घर भई हाल काठमाडौंको जडिबुटीमा बस्‍दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु नगरपालिका-६ घर भई हाल जडिबुटी बस्‍ने ३४ वर्षीय रोशन लामा रहेका छन् ।

Advertisement

यस्तै मध्‍यपुर ठिमी नगरपालिका-९ बस्‍ने २३ वर्षीय पुकार केसी, बतासे गाउँपालिका-९ घर भई भक्तपुर, राधेराधे बस्दै आएका २३ वर्षीय प्रवीण नेपाल र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्‍दै आएका २७ वर्षीय संजीव मोक्तान रहेको महानगरी अपराध महाशाखाले जनाएको छ ।

Advertisement

पक्राउ परेका उनीहरुलाई ज्‍यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।

यसअघि काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *