Categories समाचार

भारतबाट बिजुली आयात ठप्प

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई दिनदेखि भारतबाट बिजुली आयात गर्न सकेको छैन। भारतमा बिजुलीको मूल्य अकासिएका कारण आयात गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए।

‘हामीले कम मूल्यमा बिड गरेका कारण नपरेको हो। बढीमा भारतीय रुपैयाँ ३ प्रतियुनिटमा बिजुली पाइरहेकामा २ दिनदेखि भारतीय रुपैयाँ २० सम्म बिजुली बिक्री भइरहेको छ,’ भट्टराईले भने। रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण आयातीत कोइलाको भाउ महँगो हुँदा भारतमा नै उत्पादन घटेकाले नेपालले बिजुली नपाएको हो।

Advertisement

भारतबाट बिजुली नआउँदा मंगलबारदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ। बुटवल, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा बिजुली लोड घटाएको प्राधिकरणले जानकारी दिएको छ। औद्योगिक क्षेत्रमा लोडसेडिङभन्दा पनि लोड कम गरेको प्रवक्ता भट्टराई बताउँछन् ।

Advertisement

यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *