Categories समाचार

यात्रुवाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी यात्रु घाइते

Advertisement

पर्सा । वीरगन्जबाट जनकपुर जादै गरेको एक यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आज बिहान ११ बजे दुर्घटना हुदा चार जना यात्रुको मृत्यु भएको छ । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुवाहक बस , फुलजोरस्थित फुलजोर पुलको रेलिङ भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो । गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक केदारमान दोङले बताउनुभयो ।

Advertisement

बस खोलामा खस्दा चार जना यात्रुको मृत्यु भएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनामा बसका चालक सहित २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

Advertisement

उनीहरुको लालबन्दी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिनुभयो । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *