Categories समाचार

कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्

Advertisement

काठमाडौं । विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् ।

निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।

Advertisement

७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्डाका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाले समस्या आएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Advertisement

निर्वाचन आयोगले यसअघि सम्बन्धित मन्त्रालय तथा विभागको तालुक निकायलाई नै पत्र लेखेर मातहतका निकायका उपसचिवस्तरका कर्मचारीलाई निर्वाचन अधिकृतको रूपमा सिफारिस गर्न भनेको थियो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *