Categories समाचार

करिब दुई वर्षदेखि रोकिएको काठमाडौं-मुम्बई उडान पुनः सुरु

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ ।

Advertisement

कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौता
अनुसार उडान तथा अवतरण हुँदै आएको थियो । भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ।

Advertisement

आजको कारोबार दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *